कांग्रेसले टुंग्यायो ८ मन्त्रीको नाम, उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व

Purna bahadur khadka

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको कांग्रेसले, अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य, कानुन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय सम्हाल्ने छ । कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

अर्का उपसभापति धनराज गुरुङ सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानुन, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी, २, जसपाले २, मन्त्रालय पाउने सहमति भएको छ । जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।

माओवादीले नयाँ मन्त्री पठाउने सम्भावना छैन । भौतिकमन्त्री नाराणकाजी श्रेष्ठ गृह र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ऊर्जा मन्त्री बन्ने छन् । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाएको छ ।

नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद, जसपाले शिक्षा र कृषि मन्त्रालय‚ लोसपाले श्रम मन्त्रालय पाउने गठबन्धनमा सहमति भएको छ ।

प्रतिकृया दिनुहोस