मन्त्रालय भागवण्डामा १० दलबीच मिल्यो कुरा, कुन दललाई कति मन्त्रालय ?

Baluwatar 10 party meeting

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको १० दलीय सत्ता गठबन्धन बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो ।

जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने निष्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारमा नजाने गरी सहभागी भएको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा छुट्टाछुट्टै भेटेर छलफल गरेका छन् । आजको बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने गरी छलफल भएको बताए ।

दलहरूले प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउने सहमतिसमेत भएको छ । जसपाका नेता श्रेष्ठले भने, ‘भोलि बेलुका शपथ हुने जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।’

कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...