सत्ता गठबन्धनबीच मिलेन भागबण्डामा कुरा, बालुवाटार बैठक निष्कर्षविहीन

10 dal baithak

काठमाडौं । सत्ता साझेदार दलमा मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी बनेका थिए ।

बैठक बुधबार बिहान ९ बजे पुनः बसेर सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन् । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ । सो बैठकमा नेपाली कांग्रेसले सबैभन्दा बढी ९ वटा मन्त्रालयमा दाबी गरेको छ । जनता समाजवादी पार्टी ३, नेकपा एकीकृत समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टीले दुई वटा मन्त्रालयमा दाबी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आए पनि सहमति जुट्न नसकेको हो । मंगलबार बिहान मात्रै प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो भने प्रचण्डले दुई वटा भन्दा बढी दिन नसकिने बताएका थिए ।

कांग्रेसले आठ मन्त्रालय पाउने भनिए पनि मन्त्रालयमा सहमति जुट्न सकेको छैन । जसपासहित अन्य साना दलले पाउने मन्त्रालयमा पनि सहमति जुट्न नसकेको बताइएको छ ।

प्रधानमन्त्री दाहालले ६ चैतमै विश्वासको मत लिए पनि एक साता बित्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहे पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...