चर्कियो कोशी नामकरण विरुद्धको आन्दोलन : विराटनगरमा झडप हुँदा २० जना घाइते

Biratnagar aandolan

विराटनगर । प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनमा झडप भएको छ । आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा २० भन्दा बढी घाइते भएका छन् ।

विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । ४४ सेल अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनरत पक्षका ९ जना घाइते भएका थिए । डीएसपी विजय श्रेष्ठसहित १५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

आन्दोलनरत पक्षबाट शिव आङ्देम्बे, उदय नेम्वाङ, ज्ञानप्रसाद राई, एन के दर्नाल लगायत ९ जना घाइते भएका हुन् । घाइतेमध्ये चार जनाको स्थानीय पारस अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको उनले बताए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी प्रदेश राखेको थियो । पहिचान पक्षधरले प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेर पहिचानका आधारमा नाम राख्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भएको थियो ।

गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा झडप हुँदा घाइते पदम लिम्बुको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी पहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै आन्दोलन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...