सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब

Sonali bandreee

मुम्बई । बलिउड अभिनेत्री सोनाली बेन्द्रे ९० दशकको लोकप्रिय अभिनेत्री हुन् । उनको लोकप्रियता भारतमा नभई विदेशमा पनि उत्तिकै थियो । पाकिस्तानमा उनको राम्रो फ्यान फ्लोइङ थियो । पाकिस्तानसँग जोडिएको एक किस्सा आज पनि उत्तिकै चर्चित छन् ।

केही समयअघि पाकिस्तानी क्रिकेटर शोएब अख्तरले एक अन्तरवार्तामा आफूले सोनालीलाई अपहरण गर्न चाहेको खुलासा गरेका थिए ।

शोएबका अनुसार सोनालीप्रति उनको ठूलो क्रम थियो । त्यहीकारण उनले एक टक शोमा स्पष्ट रुपमा आफूले सोनालीलाई प्रेमप्रस्ताव राख्नका लागि जे पनि गर्न तयार हुने, तर उनले अस्वीकार गरेमा अपहरणसम्म गर्न पछि नपर्ने खुलाएका थिए ।

शोएब कुनै समयमा सोनालीको ठूलो फलोअर थिए र उनको प्रेममा पागल नै थिए । उनले यही प्रेमका कारण पर्समासमेत सोनालीकै तस्वीर राख्थे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...