माधवकुमार नेपाल भन्छन्, हामीलाई दिने २ मन्त्रालयबाट पनि जति सक्नुहुन्छ, घटाउनुस्

‘यतिकै मलाई घोचेर कुराहरु निस्किन्छ कि भनेर होला, निस्किँदैन’

Madhab kumar nepal

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको बिग्रिँदो अवस्थालाई सम्हाल्न सक्ने व्यक्तिहरूलाई मन्त्री बनाउन सुझाव दिएको बताएका छन् ।

उनले आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले आफ्नो पार्टीले कुनै मनत्रालयm दावी नगरेको पनि बताए ।

‘मन्त्रिपरिषद् विस्तारमा हामीले कुनै अड्को थापेको छैन । हामीले गृह वा अर्थ वा ठुलै भाग चाहिन्छ पनि भनेको छैन । मैले कहिल्यै पनि त्यस्तो शब्द बोलेको छैन,’ उनले अघि भने, ‘मैले भनेको के हो भने अहिलेको जुन बिग्रिँदो अवस्था छ त्यसलाई सुल्झाउने सक्ने, अर्थमन्त्रीको कुरा गर्नुहुन्छ भने बिग्रिएको अर्थतन्त्र सम्हाल्न सक्ने, सबै कुरा बुझेको व्यक्तिलाई अर्थ मन्त्रालय दिऔँ भनेको छु । काबिल मान्छेको खोजी हुनुपर्छ भनेको छु ।’

संसद भवनबाट बाहिरिँदै गर्दा दलहरुको बढी भन्दा बढी दाबीले मन्त्रिपरिषद् विस्तार अड्किरहेका बेला नेपाललाई पनि १० सिटेले धेरै मागेको भन्दै पत्रकारले प्रश्न गरेका थिए । नेपालले भने, ‘ओहो कति भन्नु भएको एउटा मन्त्रालय’, उनले भने, ‘अझै कति घटाउन सक्नु हुन्छ घटाउनुस् ।’उनले पत्रकारहरुको प्रश्नप्रति लक्षित गर्दै भने, ‘यतिकै मलाई घोचेर कुराहरु निस्किन्छ कि भनेर होला, निस्किँदैन ।’

उनले मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन भित्रका दलहरूसँग छलफल गरिरहेको बताए । ‘अहिले हामी सरकारको साझा न्यूनतम कार्यक्रमबारे छलफलमा छौँ, पहिले त्यो तयार हुन्छ । हामी त्यहाँ हस्ताक्षर गर्छौ,’ उनले भने, ‘त्यही वैचारिक एकता र मान्यताका आधारमा नयाँ सरकारले पूर्ण आकार पाउने हो ।’

उनकाअनुसार न्यूनतम साझा कार्यक्रम तय भइसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । ‘अहिले प्रधानमन्त्रीजीले प्रत्येक पार्टीसँग छुट्टा–छुट्टै छलफल गरिरहनुभएको छ । न्यूनतम साझा कार्यक्रम र मन्त्रालयको बाँडफाँडको विषयमा त्यसपछि मात्रै गठबन्धनमा छलफल हुन्छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...