वाग्मतिमा बाहिरियो एमाले, मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

Saligram jamkattel bagmati

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिए पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।

जम्कट्टेल सरकार गठन भएको ६७ औं दिनमा दोस्रो पटक सदनबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख भुवन पाठकका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ जाहेर गरेका थिए । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो ।

उनको विपक्षमा १७ सांसद उपस्थित हुँदा ७ जना भने तटस्थ रहेका थिए । जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली दलले मत जाहेर गरेका थिए ।

प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा (एकीकृत समाजवादी) ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् । ५६ मत भएको खण्डमा जम्कट्टेललाई बहुमत पुग्ने थियो । उनको विपक्षमा एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।

यसअघि प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका थिए । प्रदेश सभामा बोल्दै नेता थपलियाले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने बताए । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताएका छन् ।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर पुष २६ गते प्रदेश सरकार बनेको थियो भने माघ ११ गते सरकारले पूर्णता पाएको थियो ।ले फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए । राप्रपा सरकारबाट बाहिरिएका कारण मुख्यमन्त्री जमकट्टेलले शुक्रबार सदनबाट दोस्रोपटक विश्वासको मत लिदैछन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...