गण्डकीमा नयाँ सरकार गठनको गृहकार्य शुरु, सरकारबाट बाहिरिन प्रचण्डको निर्देशन

Gandaki parliament

पोखरा । नेकपा एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिएर सत्ता समीकरण फेरेपछि सोमबार दोस्रो पटक विश्वासको मत लिएसँगै प्रदेश सरकारको पनि पुनर्गठनको कसरत भएको छ ।

२७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा (एकीकृत समाजवादी) को पनि गण्डकीमा प्रतिनिधित्व छ ।

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ । त्यही भएर पनि प्रदेश सरकार फेर्ने गृहकार्य शुरु भएको हो । कांग्रेस नेतृत्वमा सरकार बनाएर मुख्यमन्त्री बन्ने योजनामा रहेका सुरेन्द्रराजले पाण्डेले माओवादीले समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको प्रदेशमा पनि छलफल र तयारी अगाडि बढ्ने बताएका छन् ।

गण्डकीमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन् । प्रचण्डको निर्देशनपछि बिहीबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरेको माओवादी संसदीय दलले सांसदहरु पोखरा बाहिर भएकाले शुक्रबार बैठक बोलाएको छ ।

शुक्रबार बस्ने बैठकले खगराज अधिकारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै राजीनामा दिनेबारे छलफल गर्ने छ । माओवादी भने अहिले एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्रीसहित सहभागी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...