सरकारमा जान कांग्रेसमा मन्त्रीका आकांक्षी बढ्दै, कोइराला खेमाले खोज्यो हिस्सेदारी

Congrs koirala khema

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहँदा कांग्रेसमा भने मन्त्रीका आकांक्षी दिनदिनै बढ्न थालेका छन् ।

केही सातायता सभापति देउवा, नेता शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायत नेताको निवासमा कार्यकर्ताको भीड छ । गठबन्धनमा मन्त्रालय बाँडफाँटको टुंगो नलाग्दा कांग्रेसमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल भएको छैन । तर, आकांक्षीले आफ्नो पक्षमा दबाब बनाउन नेताको घरदैलो गरिरहेका छन् ।ा

राष्ट्रपति निर्वाचनसँगै कांग्रेस सत्ता गठबन्धनमा फर्किएपछि धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा मन्त्री बन्न चाहनेको दिनहुँ घुइँचो लागिरहेको छ । सांसदहरू आफैं मन्त्री बन्न सभापति देउवालाई भेटिरहेका छन् भने कतिपयले आफूलाई मन्त्री बनाउन आग्रह गर्दै कार्यकर्ताको लावालस्कर लगाएका छन् ।

शेखर समूहले सरकारमा आफूहरुको सम्मानजनक सहभागिता हुनुपर्ने बताएको छ । सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डा टुंगो लागेको छैन । तर कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको दौडधुप चलिरहेको छ । बिहीबार आफ्नो समूहको बैठकमा डा. शेखर कोइरालाले पनि मन्त्रालय भागवण्डाबारे सभापतिले केही नभनेको सुनाएका थिए ।

गुमाइसकेको सत्ता फर्काएर ल्याउन भूमिका खेलेका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा स्वाभाविक दाबेदार छन् । दुवैले मन्त्री नबन्ने घोषणा गरेका छन् । तर, पार्टीका तर्फबाट उपप्रधानसहित सरकारमा नेतृत्व गरेर जान पाए दुवै जना सरकारमा तयार छन् ।

त्यस्तै, चाहेजस्तो मन्त्रालय पाएको अवस्थामा नेता शेखर कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह पनि कांग्रेसकातर्फबाट नेतृत्व गरेर जान प्रयासरत छन् । तर कांग्रेसकातर्फबाट सरकारमा नेतृत्व गरेर जानेमा उपसभापति खड्का र पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रबल सम्भावना छ ।

उपप्रधानमन्त्री बन्ने दौडमा रहेका नेताहरू मन्त्रीका आकांक्षी छैनन् । तर यीबाहेक सबै मन्त्री बन्न दौडधुप गरिरहेका छन् । तर, नयाँ र परिणाम दिन सक्ने नेताहरूलाई मन्त्री बनाउन सभापति देउवामाथि दबाब छ । केन्द्रीय कार्यसम्पादन समितिले योगदान र योग्यतालाई प्रमुख आधार बनाई समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरिसकेको छ । पार्टीभित्र नेताहरूले क्षमता भएका, युवा र नयाँ अनुहारलाई मौका दिन दबाब बनाइरहेका छन् ।

पटक–पटक अवसर पाएर पनि पार्टी र आफ्नै राजनीतिक करिअरमा समेत प्रभावकारी काम गर्न नसकेकाहरूलाई फेरि मौका दिन नहुने नेताहरूको भनाइ छ । केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले योग्यता, क्षमता र समावेशिताका आधारमा मन्त्री चयन गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...