कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी बन्ने

Karya sampadan samiti nepali congress

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ ।

बैठकले भावी मन्त्रीकोहरु क्राइट एरिया बनाउने निर्णय पनि बैठकले गरेको छ । मन्त्रीहरुबारे भने सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि टुंगो लगाइने महतले बताए । बैठकले संसद बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ ।

गत पुस २६ गते प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री दाहालले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपतिको निर्वाचन अघि एमालेसहित राप्रपा र रास्वपा सरकारबाट अलग भएपछि दाहालले कांग्रेससँग गठबन्धन गरेका थिए ।

वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् ।

 

प्रतिकृया दिनुहोस