उपराष्ट्रपतिको निर्वाचन : सकियो मतदान, ५ बजेसम्म परिणाम आउने

Asta ramshya mamata

काठमाडौं । उपराष्ट्रपति पदका लागि संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार भएको मतदान सकिएको छ । आजै ५ बजेसम्म नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिरामी भएकाले ठूला दलका केही सांसद उपराष्ट्रपतिको निर्वाचनमा मत हाल्न आएनन् । संघमा २१ जना र प्रदेशमा ३२ जनासहित जम्मा ५३ जना मतदानमा सहभागी भएनन् ।

बिरामी भएकाले ठूला दलका केही सांसद उपराष्ट्रपतिको निर्वाचनमा मत हाल्न आएनन् । जन्डिसको समस्याका कारण चीनमा उपचाररत माओवादी उपमहासचिव वर्षमान पुनले पनि मतदानमा भाग लिन पाएनन् ।

मधेश आन्दोलनका क्रममा प्रहरी हत्या आरोप लागिरहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि मत हाल्न आएनन् । जन्डिसको समस्याका कारण चीनमा उपचाररत माओवादी उपमहासचिव वर्षमान पुनले पनि मतदानमा भाग लिन पाएनन् ।

कांग्रेस सांसद चन्द्र भण्डारी पनि मतदानमा सहभागी भएनन् । उनी एलपी ग्यास विस्फोटमा घाइते भएर अहिले भारतको मुम्बईमा उपचाररत छन् । अर्की सांसद मनोरमा शेरचन पनि बिरामी भएकाले मतदानमा सहभागी हुन आइनन् ।

अर्कातिर फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भइसकेकाले रामचन्द्र पौडेलले पनि मतदान गर्न पाउँदैनन् । उनको सांसद पद नै रिक्त भएर अब तनहुँ १ मा उपनिर्वाचन हुनेछ ।

संघीय संसद भवन नयाँबानेश्वरमा विहान १० बजे सुरु भएको मतदान अहिले ३ बजे सकिएको हो । ८ सय ८२ मतदाता रहेकामा ८ सय २९ मत खसेको निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार संघीय संसदतर्फ ३ सय ३२ मतदातामध्ये ३ सय ११ जनाले मतदान गरेका छन् । राप्रपाका १४ सांसद र नेमकिपाका एक गरी १५ सांसदले मतदान गरेनन् । प्रदेशतर्फ ५ सय ५० प्रदेशसभा सदस्यमध्ये ५ सय १८ जनाले मतदान गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...