दलहरुलाई निर्वाचन आयोगको अंकुस, उपराष्ट्रपतिको निर्वाचनअघि बैठक नबस्न निर्देशन

Election commission nepal

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मिति नजिकिएपछि निर्वाचन आयोगले दलहरुलाई बैठक नबसन निर्देशन दिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा मतदातालार्य प्रभावित पार्नेगरी दलहरुले बैठक बस्न थालेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

राष्ट्रपतिका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको अवधि तोकिएको छ । त्यसका लागि उपराष्ट्रपति चुनावमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम, सामाजिक सञ्जालबाट समेत मत माग्न रोक लगाइसकेको छ ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तर्क्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ ।

निर्वाचन हुने भन्दा अघिल्लो दिन आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको उल्लेख छ ।

यस्ता गतिविधि गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । बिहीबार विज्ञप्ति निकालेर मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार गर्न प्रतिबन्ध रहेको उल्लेख गरेका छन् । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ ।

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न पनि नपाइएको भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...