दोलखा महोत्सवको माहोल तताउँदै वर्षा : गृह जिल्लामा प्रस्तुति दिंदै

Aastha raut ohoh9oudud

‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको दोलखा महोत्सवको समापनको अन्तिम दिन दोलखाली चेली तथा चर्चित गायिका आस्था राउत आउने भएकी छन्। ९ दिनसम्म सञ्चालन हुने महोत्सवको गत शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महोत्सव आयोजना गरिएको आयोजक संस्था दोलखा चेम्बर अफ कमर्शले जनाएको छ। महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीहरूको प्रदर्शनी, पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार हुनेलगायतका स्टलहरू राखिएका छन्।

१३० वटा स्टल राखिएको महोत्सवमा समुन्नत दोलखा निर्माणका लागि विभिन्न विषयमा विज्ञहरूसहितको अन्तर्क्रियालगायतका कार्यक्रमहरू राखिएको चेम्बर अफ कमर्शका महासचिव पाण्डवसिंह पाण्डेले जानकारी दिए। उनका अनुसार महोत्सवको आकर्षणका लागि प्रत्येक दिन राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा भव्य सांगीतिक कार्यक्रमहरू भइरहेका छन्।

आफ्नै गृहजिल्लामा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन पहिलो पटक पुग्न लागेकी राउत आउने भएपछि दोलखा र चरिकोटका स्थानीय हर्षित छन् । राउत जिल्ला सदरमुकाम कै बासिन्दा हुन् । नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा लोभ लाग्दो सफलता हासिल गरेकी राउत एक सफल गायिकाको रुपमा परिचित छिन । सालको पात टपरी गाँसेरको रिमिक्स गाएपछि चर्चामा आएकी राउतका ‘चौबन्दीमा पटुकी, ‘झुम्के बुलाकी, नाकैमा फुली, सिमाना, यानी माया, हवाई जहाजको टिकट, यो मेरो नाता जोडियो’ जस्ता गीत चर्चित छन् । सांगीतिक पारिवारिक पृष्ठभूमिमा हुर्किएकी आस्थाले बालगायिका हुँदै आफ्नो तय गर्दा सानै उमेरमा राष्ट्रिय स्तरको प्रतियोगिता जितेकी थिइन् ।

काठमाडौ पुल्चोकमा जन्मनु भएकी राउतको पुख्यौलि घर भने चरिकोट दोलखा हो । उनी वरिष्ठ लोक गायक हरि बहादुर राउत र रचनाकार सावित्रि राउतको एक मात्र छोरी हुन् । उनले विभिन्न नेपाली चलचित्रहरूमा धेरै गीतहरू गाएकी छिन् र एल्बमहरू पनि प्रकाशन गरिसकेकी छन्।

उनको एल्बम ‘आधार’ले ठूलो सफलता पाएको थियो। उनी उत्कृष्ट महिला पप गायिका (हिट्स एफ एम म्युजिल अवार्ड सन् २०१४), उत्कृष्ट महिला पप गायिका (इमेज अवार्ड सन् २०१४), उत्कृष्ट महिला पप गायिका (कान्तिपुर अन आवर्स) लगायत सम्मान बाट सम्मानित छन् । राउत द भ्वाईस अफ नेपालको कोच समेत रहिसकेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...