राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने, यस्तो छ कारण

Rpp baithak

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो ।

२०७४ सालको चुनावपछि पुनः विद्या भण्डारी नै राष्ट्रपतिको उम्मेदवार बन्दा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन, प्रदेशसभा सदस्यहरु रिता माझी, इन्दिरा राई र शोसिला शाहीले भण्डारीलाई नै मत दिएका थिए । यतिबेला थापा राप्रपामा छैनन्, लिङ्देन अध्यक्ष छन् । त्यतिबेला भण्डारीलाई मत दिनुको कारणबारे विज्ञप्ति नै निकालेको थियो ।

राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

अध्यक्ष लिङ्देनले राष्ट्रपति पदको उम्मेदवारी हालेका रामचन्द्र पौडेल र सुवास नेम्बाङ दुवै सक्रिय राजनीतिमा रहेकाले निष्पक्ष राज्य सञ्चालनको परिकल्पना गर्न नसकेको प्रष्टीकरण दिए ।

पार्टीका केही नेताहरुका अनुसार राष्ट्रपति चुनावमा भोट हाल्न हुँदैन भन्ने पक्षमा पहिलेदेखि नै रहेका रवीन्द्र मिश्र, ज्ञानेन्द्रबहादुर शाही लगायतका नेताहरु हाबी हुँदै गएका कारण लिङ्देन रक्षात्मक बन्न पुगेका हुन् ।

अध्यक्ष लिङ्देनले यसअघिका दुई राष्ट्रपतिको कार्यकाल दल निरपेक्ष हुन नसकेको तर्क दिएका छन् । ‘अहिलेका उम्मेदवारबाट पनि त्यही कुराको निरन्तता प्राप्त गर्ने र फेरि पनि यो संस्था निष्पक्ष बन्न नसक्ने सम्भावना छ’, उनले कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग भने, ‘त्यसैले हामी तटस्थ बस्ने निर्णयमा पुग्यौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...