छक्कापञ्जा हलमा आएको ४ दिनपछि ‘सिरुपाते जुँगामा’ गीत रिलिज (भिडियोसहित)

Chakka panja song

काठमाडौं । नेपाली हलहरुमा ‘छक्कापञ्जा ४’ प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा एउटा चर्चित गीत ‘सिरुपाते जुँगामा’ ले स्रोताहरुको मन जित्न सफल भएको छ । त्यसमा पनि रिलिज हुनुअघि नै ‘सिरुपाते जुँगामा’ ले निक्कै चर्चा बटुलेको छ ।

पश्चिमेली ठेट शब्द, सोही अनुसारको लय र संगीतको कारण पनि अहिले धेरैको मुखमा यो गीत झुण्डिएको छ । यतिसम्मकी अहिले टिकटकमा समेत निक्कै भाइरत बनेको छ । यसरी सार्वजनिक हुनुअघि नै चर्चा बटुल्ने गीत शंकर अधिकारी घायलले लेखेका हुन् ।

घायल लामो समयदेखि गीत संगीतको क्षेत्रमा लागिपरेको भए पनि पछिल्लो दिनमा उनी चलचित्र विधाको गीत लेखनबाट हराइसकेका थिए भन्दा पनि हुन्छ । तर, उनलाई ‘सिरुपाते जुँगामा’ ले फेरि अब्बल गीतकारको रुपमा स्थापित गराइदिएको छ । जुन गीतलाई बाबुल गिरीले स्वर तथा संगीतमा भरपुर न्याय गरेका छन् । जुन गीतकै केही दृष्यले छक्कापञ्जाका नायक अर्थात् दिग्विजयको जीवनमा नसोचेको खाडलमा पारिदिन्छ ।

छक्कापञ्जा प्रदर्शनमा आएको चौथो दिनमा निर्माण पक्षले ‘सिरुपाते जुँगामा’ लाई ल्याएका हुन् । यो गीतमा दीपक र बेनिशा हमाल फिचर्ड छन् ।

हेमराज बीसी निर्देशित छक्कापञ्जा ४ मा दीपक र बेनिशासहित दीपाश्री निरौला, निर्मल शर्मा, नीर शाह, बुद्धि तामाङ, केदार घिमिरे लगायतको मुख्य भूमिका छ । फिल्मको अर्को गीत ‘दर्शन सलाम’ समेत चर्चित बनेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...