एनएसजेएफ पल्सर अवार्ड : उषा भण्डारी पिपल्स च्वाइस अवार्ड

Usha vandari

काठमाडौं । राष्ट्रिय भलिबल टिमकी सदस्य उषा भण्डारी पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छिन् । मंगलबार आयोजित एनएसजेएफ पल्सर अवार्ड-२०७८ कार्यक्रममा भण्डारीलाई पिपल्स च्वाइस अवार्डबाट पुरस्कृत गरिएको हो ।

वर्षभर चर्चामा रहेका खेलाडीलाई पिपल्स च्वाइसबाट पुरस्कृत गरिएको हो । भण्डारीसँगै क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका थिए ।

विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत र राष्ट्रिय प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२.५ प्रतिशत थियो । यो सबैबाट मिलाउँदा उनले ३८.०८ प्रतिशत मत पाएकी थिइन् ।

मनोनयनमा परेका अञ्जन विष्टले ३१.१४ प्रतिशत, आसिफ शेखले १४.९९ प्रतिशत, अभिलाषा विष्टले ८.३२ प्रतिशत र डुवान लामाले ७.५० प्रतिशत मत पाए । प्रतिभा मालीपछि नेपाली महिला भलिबलले पाएको भरपर्दो ओपन स्पाइकर बनेकी उषाले १३ औं सागमा डेब्यू गरेयता पछाडि फर्केर हेर्नुपरेको छैन ।

१८ वर्षको उमेरमा उनी आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसकेकी छन् भने राष्ट्रिय टिमको नियमित सदस्य । पछिल्लो दुई वर्ष माल्दिभ्समा क्लब भलिबल प्रतियोगिता खेलेर आफूलाई थप अनुभवी बनाइसकेकी छन् ।

उषाले नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीले रजत पदक जित्दा टोलीकी सदस्यका रुपमा डेब्यु गरेकी थिइन् । उनी सन् २०१९ र २०२१ मा नेपाली टोलीले सेन्ट्रल जोन भलिबलको उपाधि जित्दा पनि सदस्यका रुपमा थिइन् । उषा अहिले नेपाल पुलिस क्लबबाट खेल्छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...