मनिष डाँगीलाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड

Manish dangi

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी मनिष डाँगी वर्ष युवा खेलाडी घोषित भएका छन् । मंगलबार एक कार्यक्रमका बीच उनलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड -२०७८ वर्ष युवा खेलाडीको अवार्ड दिइएको हो ।

महिला फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई उछिन्दै मनिष वर्ष युवा खेलाडी बनेका हुन् ।

मनिषले २०७८ जेठमा इराकविरुद्ध एक गोल गरेका थिए । त्यस्तै उनले साफ च्याम्पियनसिपमा मालदिभ्सविरुद्ध समेत गोल गरेका थिए । गत वर्ष मच्छिन्द्रलाई ए डिभिजन लिगमा च्याम्पियन बनाउन उनको महत्त्वपूर्ण भूमिकासमेत थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...