शान्ति सम्झौता र परिवर्तनविरोधी गतिविधिको प्रतिरोध गर्न पूर्व माओवादीहरु एकमत

फुटको यस्तो श्रृंखला

Maobadi baluwatar neta

काठमाडौं । शान्ति प्रक्रियामा आएसँगै टुटफुट भएका पूर्व माओवादीहरु सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दा दर्ता गर्न आदेश दिएपछि फेरि एक हुने अवस्थामा आइपुगेका छन् ।

सर्वाेच्चमा परेको मुद्दा परेपछिको परकम्पले छिन्नभिन्न भएका माओवादीहरुलाई फेरि एक ठाउँमा ल्याउने बनाइदिएको छ । युद्धकालीन मुद्दाहरुको सम्बोधन सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक खोजबिन आयोगबाटै टुंगो लगाइनुपर्नेमा उनीहरु सहमत भएका छन् । यसअघि माओवादी धारका नेताहरु २१ फागुनमा एउटै मञ्चमा जुटेका थिए । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रियामा प्रचण्डसहितका माओवादी धारका नेता जुटेका थिए ।

प्रधानमन्त्री दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि बल्ल संक्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादीहरूबीच छलफल सुरु भएको हो ।

बालुवाटारमा भएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्दछ ।’

विज्ञप्ति भनिएको छ, 'शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरूको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिबद्ध छौं ।'

आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल 'आहुति', नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी तथा माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाल लगायतको सहभागित रहेको थियो ।

फुटको यस्तो श्रृंखला

जनयुद्धबाट उदाएको एमाओवादीका प्रभावशाली उपाध्यक्ष मोहन वैद्यले ४ असार ०६९ मा रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द, पम्फा भुसालसमेतलाई लिएर नेकपा–माओवादी गठन गरे । ३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए लगत्तै १० असोज ०७२ मा उपाध्यक्ष बाबुराम भट्टराईले एकीकृत माओवादीलाई भत्केको घरको संज्ञा दिँदै पार्टी छोडेर नयाँ शक्ति बनाए ।

मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी)बाट अलग भएर नेत्रविक्रम चन्दले मंसिर ०७१ मा नेकपा गठन गरे । उता रामबहादुर थापा, पम्फा भुसाल र देव गुरुङ लगायत नेताहरु २ जेठ २०७३ मा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट निस्किए । उनीहरुले ७ जेठ २०७३ मा एमाओवादीसँग एकता गरेपछि माओवादी केन्द्र बन्यो।

एकीकृत जनक्रान्तिको नारा लिएर सशस्त्र युद्ध गरेको विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेताहरु धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली लगायतले २१ वैशाख २०७९ मा नेकपा (बहुमत) गठन गरे । ३ जेठ २०७५ मा एमाले र माओवादीबीच पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै अर्का नेता गोपाल किराती पनि बाहिरिएर अहिले बेग्लै समूह चलाइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...