नेत्र विक्रम चन्दको चेतावनी : माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने तागत छ

२ सर्य वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पत्ति थुपार्ने सामन्तहरु अपराधी हुन्

Biplov nekapa

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध हाँकेका माओवादीहरुलाई हत्यारा ठहर गर्न खोज्नेहरुलाई ठेगान लगाउन सक्ने चेतावनी दिएका छन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रिया कार्यक्रममा विप्लवले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरे ।

‘माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई हामी ठेगान लाउन सक्छौँ । हामीलाई कमजोर नठाने हुन्छ’, उनले भने, ‘२ सय वर्षसम्म नेपालीलाई चुसेर अर्बौँ सम्पत्ति थुपार्नेहरु अपराधी हुन् कि जनताको अधिकारका लागि लड्नेहरु अपराधी ? हेक्का राखे हुन्छ ।’

उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गरे । उनले माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने चेतावनी दिए ।

उनले भने, ‘हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्ग जस्तो, उदास जस्तो, जसले गर्व गरेर यो देशमा हास्नुपर्ने हो त्यो उदास जस्तो, निराश जस्तो, जो मानिसहरुले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्न्पर्ने जस्तो के हो यो देशमा ? जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो’ उनले भने, ‘माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा ? २ सर्य वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पत्ति थुपार्ने सामन्तहरु अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ ।’

उनले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताए । उनले मुद्दा दर्ता भइसक्दासमेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उनको पार्टी कता गयो ? भन्दै प्रश्न गरे । उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए ।

‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजिँदैछ । इतिहास फेरि दोहोरिन सक्छ हेक्का राखे हुन्छ’ उनले भने, ‘इतिहास दोहोरिने बेला हुँदैछ । फेरि जनताको आशामा इतिहास दोहोरिन सक्छ । माओवादीहरु एक हुन सक्छन्, फेरि जनक्रान्ति हुन सक्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...