सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, एमाले प्रतिपक्षमा

Kamal bdr shaha

धनगढी । सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्‍वासको मत पाएका छ्न् । शाहले आइतबार प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खसेको छ। विपक्षमा ११ मत खस्यो । विश्वासको मतका लागि २७ मत आवश्यक थियो ।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस,नेकपा माओवादी, नागरिकत उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदले मत दिएका थिए । नेकपा एमाले र राप्रपाका सांसदहरूले विपक्षमा मतदान गरे ।

मुख्यमन्त्री भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका शाहले मन्त्रिमण्डल विस्तार गरेका छैनन् । विश्वासको मत पाएसँगै मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ ।

अहिले सरकारमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा (एकीकृत समाजवादी) बाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का ४ र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन् ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...