आईसीसी विश्वकप लिग टू : आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

Nepali cricket team

काठमाडौं । ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ ।

जितपछि नेपालले ३१ खेलबाट ३० अंकका साथ छैटौं स्थानमै छ । नेपालले अब युएईमा भइरहेको शृखंलामा एक खेल खेल्न बाँकी छ । नेपालले युएईसँग आगामी सोमबार खेल्नेछ ।
त्यसपछि युएई र पीएनजी सहितको अन्तिम शृंखला घरेलु मैदानमा खेल्नेछ । नेपालले लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन अब बाँकी पाँचवटै खेल जित्नुपर्नेछ ।

ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

ब्याटिङमा नेपालको सुरुवात निकै खराब थियो । इनिङको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले १०५ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । सातौं विकेटका रुपमा कुशल मल्ल २३ रनमा आउट भएपछि सन्दीप ब्याटिङमा आएका थिए । प्रशिक्षक मोन्टी देशाईले यूएईविरुद्ध आक्रामक ब्याटिङ गरेका सन्दीपलाई करण केसी र सोमपाल कामीभन्दा अगाडि पठाएका थिए ।

सन्दीपले क्रिजमा टिकेर खेलिरहेका आशिफलाई साथ मात्र दिएनन्, आक्रमक ब्याटिङलाई निरन्तरता दिए । दुबैले आठौं विकेटका लागि ७७ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि आठौं विकेटका लागि दीपेन्द्र र सोमपाल कामीले लिग टूमा स्कटल्याण्डविरुद्ध अविजित ५५ रनको साझेदारी गरेका थिए ।

१३० बल सामना गरेका आसिफले २ चौका र १ छक्काको मद्दतमा अविजित ८६ रन बनाए । सन्दीपले ५० बलमा ३ चौकासहित अविजित ३५ रन बनाए । सन्दीपले बनाएको ३५ रन करियरकै कुनै एक इनिङमा बनाएको सबभन्दा उच्च स्कोर हो ।

नेपालका अरु ब्याट्सम्यानले भने दोहोरो अंकसमेत जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरी र भीम सार्की समान ८/८ रनमा आउट भए, ज्ञानेन्द्र मल्लले ६ रन बनाए भने कप्तान रोहितकुमार पौडेल र आरिफ शेखले १–१ रन बनाए । कुशल भुर्तेल शून्यमै आउट भए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा सेमो कामिअ र सेसे बाउले समान २/२ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएको थियो । उसका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २र२ विकेट लिए भने सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले आफ्नो नाममा एकएक विकेट लेखाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...