दिपेश कँडेलको ह्याट्रिकले आईसीसी यू–१९ एसिया विश्वकपमा नेपालको पहिलो यात्रा

U 19 cricket team

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो ।

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली बन्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुगेको हो । नेपालले सबै पाँच खेल जित्यो भने यूएईले पाँचमध्ये ४ खेल जित्यो । नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको छैन ।

पाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेल ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए । ४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए । हेमन्त धामीले र सुवास भण्डारीले २/२ विकेट लिए ।

यूएईबाट कार्ल डिसुजाले ५० रन बनाए । ६६ बल खेलेका उनले ८ चौका प्रहार गरे । आर्यान सक्सेना ३४‚ आर्यान्स शर्मा ३२‚ अमर बदामी १९ र ध्रुव पराशर १७ रनमा आउट भए । यसअघि यूएईको अजमानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाएर अलआउट भएको थियो ।

इडेन गार्डेन ओभल मैदानमा नेपालले निकै खराब सुरुआत गरेको थियो । हरिश शेट्टीले खेलको पहिलो बलमै दीपक बोहरालाई बोल्ड गरी नेपाललाई गतिलो झट्का दिए । अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा आउट भएपछि नेपाल सातौं ओभरमा १९–३ को स्थितिमा पुगेको थियो ।

कप्तान देव खनालको अर्धशतकले नेपालले खेलमा पुनरागमन गरेको थियो । उनले उत्तम थापा मगरसँग चौथो विकेटमा ८४ रनको साझेदारी गरे । देवले ५१ रन बनाउनेक्रममा ८४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । उत्तमले ४८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए ।

विशालविक्रम केसीले मध्यक्रममा ३८ रन बनाएपछि नेपालले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो । उनले ५० बल खेल्दै ५ चौका प्रहार गरे । मिलन बोहरा १० रनमा रनआउट भए । सुवास भण्डारीले २ रनमात्र बनाउन सके । हेमन्त धामीले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । दीपेश कँडेल आउट हुने अन्तिम खेलाडी थिए । उनले ३३ बल खेल्दै १५ रन बनाए ।

ध्रुव परासरले यूएईबाट ३ विकेट लिए । प्रतियोगितामा उच्च विकेट लिने खेलाडी रहेका उनले ६.५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चे । हरिश शेट्टी, र कप्तान आयान खानले २–२ विकेट लिए । आयानले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...