गठबन्धनका सांसदहरूलाई आज अभिमुखीकरण, शीर्ष नेताले सम्बोधन गर्ने

8 party meeting

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले आज अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो । दिउँसो १ बजे तीनकुनेस्थित एक ब्याङ्क्वेटमा आयोजना हुने कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ ।

कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर यसअघि नै अभिमुखीकरण कार्यक्रम तय गरिएको थियो ।

फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि भएको छ । राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उठाएको छ ।

 

प्रतिकृया दिनुहोस