नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्चेन्जो अल्बेर्टो एनासी

Vincenjo anfa

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटलीका भिन्चेन्जो अल्बेर्टो एनासीलाई नियुक्त गरेको छ । भिन्सेन्जो नेपाली राष्ट्रिय टिम सम्हाल्ने पहिलो इटालीका प्रशिक्षक हुनेछन् ।

नेपालमा रहँदा बारम्बार विवादमा मुछिएका कुवेती प्रशिक्षक अब्दुल्लाह अल(मुताइरीले छाडेपछि एन्फाले मुख्य प्रशिक्षक खोजिरहेको थियो । नेपालले घरेलु मैदानमा बंगलादेश र पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदिप हुमागाई र शहीद स्मारक ए डिभिजन लिगको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।

एन्फाले आवेदन मागेर सर्टलिस्टमा परेकालाई अन्तरवार्ताका लागि भौतिक रुपमै उपस्थित हुनुपर्ने शर्त राखेको थियो । मुख्य प्रशिक्षकका लागि एनासी मात्र अन्तरवार्तामा उपस्थित भएकाले उनलाई नियुक्त गरिएको हो ।

अहिले उनी भारतको आई लिग क्लब नर्थइस्ट युनाइटेडका मु्ख्य प्रशिक्षक रहेका छन् । उनले यसअघि घानाको बेचेम एफसी, प्यालेस्टाइनको अली अल(खलिल, इन्डोनेसियाको पिसिस सिमाराङ र भारतकै गोकुलम केरला एएफसीलाई प्रशिक्षण दिइसकेका छन् ।

उनले सन् २०१९ मा बेलिजको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...