वामदेव गौतमलाई साथीहरुसहित एमालेमै फर्किन आग्रह ओलीको

Bamdev oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई एमालेमै फर्कन आग्रह गरेका छन् । गौतमको निवास भैंसेपाटी पुगेर ओलीले एमालेमै फर्कन आग्रह गरेका हुन् ।

२०७७ माघमै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेर अघि बढेका गौतमले ओलीकै कारण आफूले एमाले छाड्नु परेको बताएका थिए । २०७८ भदौमा औपचारिक रुपमाा एमालेबाट राजीनामा दिएका उनी पछिल्लो समय अन्य दलमा सक्रिय छैनन् ।

‘यो पार्टी निर्माणमा तपाईंहरुको ठूलो योगदान छ, उतै सक्रिय हुनुहोस्’ ओलीको भनाइ थियो । तर गौतमले भने एमालेमा आउन अवरोध रहेको जवाफ दिएका थिए । ओलीलाई गौतमको जवाफ थियो, ‘त्यहाँ अवरोध छ, पहिले हटाउनुहोस् । अनि कुरा गरौंला ।’ सक्रिय राजनीति गर्न एमालेमा ७० वर्षे उमेर हदको व्यवस्था छ ।

त्यो उमेर पार गरिसकेका गौतमले ओलीसँग विकल्प पनि सुझाएका थिए । ‘उमेर हदको व्यवस्था कायमै राख्ने हो भने अध्यक्ष र महासचिवमा चाहिं नराखौं, किनकि कम्युनिष्ट पार्टीमा निष्क्रिय मान्छे सदस्य नै हुन सक्दैन’, गौतमले भनेका थिए ।

उनलाई पार्टीमा भित्र्याउन एमालेबाटै छुट्टिएको नेकपा (एकीकृत समाजवादी) ले पनि बआफुति ल्याउन प्रयास गरिरहेको छ । तर जनताको बहुदलीय जनवादलाई स्वीकारेर जानुपर्ने अडान गौतमले लिएका थिए ।

कुनै बेला माओवादीसँग पनि निकट उनी अहिले कुनै ठूला पार्टीमा जान सकेका छैनन् । आफैंले गठन गरेको पार्टीले पनि राम्रो गति लिन सकेकै छैन । अहिले उनी राष्ट्रियसभा सदस्य भने छन् ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले गौतमसँग राष्ट्रपति चुनावमा मत पनि मागेका छन् । उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएका ओलीले गौतमसँग मत मागेका थिए । गौतम राष्ट्रियसभा सदस्य छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...