एमबापे र बेन्जेमालाई पछाडि पार्दै मेस्सी बने २०२२ को उत्कृष्ट खेलाडी

Mecci 2022

काठमाडौं । अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पारे ।

कतारमा भएको विश्वकप जित्ने क्रममा अर्जेन्टिनाका कप्तान रहेका मेसीले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका लागि ४९ खेलमा २७ गोल गरेका थिए । महिलातर्फ बार्सिलोनाका एलेक्सिया पुटेलास वर्षका उत्कृष्ट खेलाडी घोषित भइन् ।

अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषणा भए । उनले पेप ग्वार्डिओला र कार्लो एन्सेलोटीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

अर्जेन्टिना र एस्टन भिल्लाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर बने । ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको सुटआउट जितसहित चार पेनाल्टी बचाएका थिए ।

बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला बनिन् । इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान उत्कृष्ट प्रशिक्षक घोषणा भइन् । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्स उत्कष्ट गोलरक्षक बनिन् । वुमेन्स सुपर लिगमा म्यानचेस्टर युनाइटेडबाट खेल्ने अरप्सले युरो २०२२ मा इङ्ल्यान्डका सबै ६ खेल जितेकी थिइन् ।

पोल्यान्डका वार्टा पोजनानका एम्पुटी फुटबलर मार्सिन ओलेक्सीले फिफा पुस्कास अवार्ड पाए । उनले वैशाखीको सहारामा जालको पछाडि उड्दै स्टाल रजेजोविरुद्ध उत्कृष्ट ओभरहेड भली गोल वर्षको उत्कृष्ट गोल बन्यो ।

मिडफिल्डर बेहोस भएपछि आफ्नो ज्यान बचाउन विपक्षी जर्ज टिगलको जिब्रो समातेका लुका लोचोसभिलीले फेयर प्ले अवार्ड पाए । फिफ्प्रो विश्व इलेवनमा थिबाउट कोर्टुवा, अचराफ हाकिमी, भर्जिल भ्यान डाइक, जोआओ क्यान्सेलो, केभिन डी ब्रुएना, लुका मोड्रिच, कासेमिरो, लियोनेल मेस्सी, एर्लिङ हालान्ड, करिम बेन्जेमा र केलियन एमबाप्पेले स्थान बनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...