विश्वकप लिगमा नेपालको विजयी शुरुवात, २९ खेलबाट नेपालले जोड्यो २८ अंक

Nepal png

काठमाडौं । युएईमा आइसिसी विश्वकप लिग-२ क्रिकेटको सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ४ विकेटले पराजित गर्दै शृंखलामा विजयी शुरुवात गरेको छ ।

आजको खेल जितेपछि २९ खेलबाट नेपालले २८ अंक जोडेको छ । २८ खेलबाट ५ अंक जोडेको पीएनजी अन्तिम स्थानमा छ । नेपालले फागुन १८ गते घरेलु टोली युएई, १९ फागुनमा पीएनजी र २२ फागुनमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

नेपालले जितका लागि पिएनजीले दिएको २०४ रनको लक्ष्य ४५ ओभर २ बलमा विकेट गुमाएर भेट्टायो । ४६ औं ओभरको दोस्रो बलमा कुशल मल्लले चौका प्रहार गर्दै नेपाललाई ४ विकेटले विजयी बनाए ।

आशिफ शेखले नेपालका लागि ओपनिङ गर्दै ३९ बलमा ५ चौकाको सहायताले रनआउट हुनुअघि ४४ रन बनाए । आशिफको विकेट खसेपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल जम्मा १० बलको सामना गरी ४ रनमा आउट भए । नेपालको स्कोर १७ ओभरमा ८८ रन हुँदा मल्ल आउट भए ।

आशिफसँगै ओपनिङमा आएका कुशल भूर्तेलले अर्धशतक प्रहार गर्दै ५६ रन बनाए । पिएनजीका कप्तान असद भालाको बलमा आउट हुनुअघि उनले ६९ बलको पालीमा ५ चौका प्रहार गरे । त्यतिवेला भूर्तेलका रुपमा नेपालको तेस्रो विकेट कुल स्कोर २१ ओभर ३ बलमा ११४ रन थियो ।

मल्ल आउट भएपछि ब्याटिङमा उत्रिएका कप्तान रोहित पौडेलले २१ बल खेलेर २ चौकाको हान्दै २० रन बनाए । नेपालको चौथो विकेटका रुपमा पौडेललाई पिएनजीका कप्तान भालाले आउट पार्दा कुल स्कोर २५ ओभर ३ बलमा १३५ रन थियो ।

यसपछि ३९ बलमा १७ रन बनाएर दीपेन्द्रसिंह ऐरी सेसे बौको बलमा क्लिन बोल्ड भए । उनी आउट हुँदा नेपालको स्कोर ४० ओभरमा ५ विकेट गुमाएर १८९ रन थियो ।

लगत्तै ४१ औं ओभरको अन्तिम बलमा छैटौं विकेटका रुपमा आरिफ शेख पनि ६२ बलमा ३३ रन बनाएर पिएनजीका कप्तान भालाकै बलमा आउट भ ए। यसबेला नेपालको स्कोर ४१ ओभरमा ६ विकेटको क्षतिमा १९१ रन थियो ।

कुशल मल्लले अविजित रहँदै १४ बलको सामना गरी १२ रन बनाए भने सोमपाल कामीले पनि अविजित रहँदै १४ बलमा ५ रन बनाए ।पिएनजीका लागि कप्तान असद भालाले ३ विकेट‚ नोर्म्यान भानु र सेसे बौले १/१ विकेट लिए ।

यसअघि युएईको दुबई रंगशालामा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।

पिएनजीका लागि कप्तान असद भालाले ३६‚ सेसे बौले ३१‚ किप्लिन डोरिगाले २९‚ नोर्म्यान भानुआले २५ र हिरी हिरीले १० रन बनाए। उसका लागि चाड सोपरले अविजित ३६ रन र सेमो केमियाले अविजित ७ रन बनाए ।

नेपालका लागि गुल्सन झाले ३, कुशल मल्लले २ र सोमपाल कामी तथा प्रतिश जिसीले १/१ विकेट लिए । घरेलु मैदानमा भएको त्रिदेशीय सिरिज क्लिन स्विप गरेको नेपाल सोमबार उच्च मनोबलसहित पीएनजीविरुद्ध उत्रिएको थियो । आजको खेलसहित नेपालले लगातार पाँच खेल जितेको छ ।

नेपालले विश्वकपको वरीयता जोगाउन शीर्ष ५ र छनोट हुन शीर्ष ३ भित्र रहनु पर्नेछ । त्यसका लागि बाँकी खेलमा नेपालले लगातार जित निकाल्नुपर्ने दबाब छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...