सुवास नेम्वाङको दिए राष्ट्रपति पदमा उम्मेदवारी, पूर्व सभामुखहरुको राष्ट्रपतिमा रोचक भीडन्त हुने

Nembang ummedwari darta

काठमाडौं । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो । संवैधानिक व्यवस्था अनुसार पाँच जनता प्रस्तावक र समर्थक राखेर एमालेले नेम्वाङको उम्मेवदारी दर्ता गराएको हो ।

नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेकै सांसद रहेका छन् । नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।

गत १० पुसको सम्झौता अनुसार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको एमाले नेताहरूले बताएका छन् । एमालेले राष्ट्रपति निर्वाचन अघि सरकार नछाड्ने निर्णय पनि गराएको छ । सचिवालय बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वर पुगेका थिए ।

शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको चौथो निर्वाचनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेलले पनि केही समयपछि उम्मेदवारी दर्ता गर्दै छन् ।

राजनीतिक परिस्थिति नबदलिए उक्त गठबन्धनबाट राष्ट्रपतिमा पौडेल स्वतः विजयी हुनेछन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार ३१५ मतभार आवश्यक पर्छ। ८ दलीय गठबन्धनसँग ३२ हजार १२३ मतभार रहेको छ भने एमाले सहितको तीन दलसँग १९ हजार ३४२ मतभार रहेको छ ।

प्रतिनिधिसभामा ७७, राष्ट्रिय सभामा १० र प्रदेशसभामा १७५ जना सांसद रहेको नेपाली कांग्रेससँग १६ हजार १४२ मतभार रहेको छ । यस्तै माओवादी केन्द्रसँग ७ हजार ७४५ , एकीकृत समाजवादीसँग २ हजार ५७४, जनता समाजवादी पार्टीसँग २ हजार १४५, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, उन्मुक्तिसँग ८९२ र जनमोर्चासँग २०६ मतभार रहेको छ ।

एमालेसँग १५ हजार ३९१, राप्रपासँग २ हजार ४५० र स्वतन्त्र पार्टीसँग १ हजार ५०१ मतभार रहेको छ । साथै नेमकिपासँग २२३, हाम्रो नेपाली पार्टीसँग ९६, समाजवादी पार्टीसँग ४८, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र स्वतन्त्रको ७४८ मत रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...