हिमाल सागर र अनु चौधरीको 'मैँ राजा तिमी रानी'को चर्चा (भिडियोसहित)

Himal sagar

काठमाडौँ । गायक हिमाल सागरको मैँ राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको गीतमा पुष्कर खत्रीको मिक्स र मास्टरिङ रहेको छ । भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ ।

एक सफल प्रेम कथालाई नजिकबाट रोमान्टिक शैलीमा देखाइएको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । उत्सब दाहालको छायांकन, मिन रावलको सम्पादन तथा विकाश दाहालको कलरिङ रहेको भिडियोको निर्माण शम्सेर श्रेष्ठले गरेका हुन् । धुलिखेल आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो ।

Video

प्रतिकृया दिनुहोस