फागुन २५ अघि एमालेले सरकार नछोड्ने, सुवास नेम्वाङलाई राष्ट्रपतिमा जिताउन सबै पार्टीलाई पत्रचार गर्ने

Subash nembang kp oli

काठमाडौं । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेम्वाङलाई राष्ट्रपति बनाउनका लागि सहयोग माग्दै कांग्रेस बाहेकका दललाई पत्राचार गर्ने निर्णय गरेको छ । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

बैठकपछि पार्टीका प्रचार विभार प्रमुख पृथ्वीसुब्बा गुरुङले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिँदै उनको पक्षमा सहयोग माग्दै काग्रेसबाहेकका सबै पार्टीसँग सहयोग माग्दै पत्राचार गर्ने निर्णय भएको बताए । कांग्रेसले भने आफ्नै उम्मेदवार उठाएकाले सहयोग माग्ने कुरा नहुने उनको भनाइ छ ।

यता, एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’

अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभई राष्ट्रपतिको मात्रै विषय भएकाले पार्टीले २५ गतेसम्म पर्खने निर्णय गरेको उनको भनाई छ । यसअघि आज एमालेले सरकारबाट बाहिरिने निर्णय गर्छ भनिएको थियो ।

शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...