फेरियो राजनीतिक कोर्स, राष्ट्रपति कांग्रेसलाई दिने ८ दलको सहमति

Sher b deuba prachanda madhav kumar nepal and upendra yadav

काठमाडौं । राष्ट्रपतीय निर्वाचनको विषयलाई लिएर नयाँ राजनीतिक कोर्स शुरु भएको छ । पुस १० गते एकाएक पुरानो गठबन्धन तोडिएर नयाँ गठबन्धन बनेपछि पुरानो गठबन्धन भत्किएको थियो । तर राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँएसँगै पुरानो गठबन्धन ब्युँतिएको छ ।

नेकपा एमालेसँग सहकार्य गर्दै आएको नेकपा माओवादीसहित बालुवाटारमा बसेको चार दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटाएको छ । योसँगै हालको सत्तारुढ गठबन्धन भत्किएको छ भने नयाँ गठबन्धन बनेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । बिहान बसेको बैठकमा कांग्रेससँगै एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरेको थियो । तर, साँझ बसेको बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।

आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याउनु भयो । आठवटै दलले त्यो प्रस्तावमा समर्थन जनायौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...