प्रचण्ड र ओलीबीच आज ‘फाइनल’ वार्ता हुँदै, ‘पेनान्टी गोल’ गर्ने तयारीमा कांग्रेस

Kp oli prachanda baluwatar

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार ‘फाइनल’ वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग ‘फाइनल’ वार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपति निर्वाचनबारे निर्णायक छलफल गर्ने बताएका छन् ।

बिहीबार जसपा, एकीकृत समाजवादी पार्टीका नेताहरूसँग सिंहदरबारमा छलफल गरेर निस्कने क्रममा उनले ओलीसँग छलफल गर्ने बताएका हुन् ।

प्रचण्डले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताएका हुन् । ‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’, उनले भनेका छन्, ‘भोलि एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’

प्रचण्डकै भनाई अनुसार पनि आज ओलीसँग फाइनल वार्ता गर्नैपर्ने अवस्था छ । किनकी राष्ट्रपतिमा सहमति जुटाएर भोली उम्मेदवारी दिनुपर्ने छ । तर, ओलीसँग गरिने भनिएको फाइनल वार्ता औपचारिकता मात्रै हुने देखिएको छ ।

विहीबार नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच भएको वार्तामा पुरानो गठबन्धन व्युँत्याउने सहमति बनिसकेको छ । यस्तो अवस्थामा नेकपा एमालेका अध्यक्ष ओलीसँग गरिने वार्ताले ठोस निष्कर्ष निकाल्ने सम्भाावना छैन । तर, ओलीले गुम्दै गएको पार्टीको विरासतलाई फर्काउन वाम गठबन्धन बनाउन तयार रहेको अवस्थामा मात्रै ओलीसँगको वार्ताले ठोस आकार लिन सक्छ ।

पुस १० गतेसम्म कायम रहेको तत्कालीन गठबन्धनले नयाँ सरकार बनाउन लागेकै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको सीमित घेरामा पर्दा गठबन्धन नै तोडिएको थियो । यसबाट कांग्रेसले धेरै ठूलो राजनीतिक घाटा बेहोर्नुपरिरहेको छ । अहिले भने नेपाली कांग्रेस विगतको गल्ती सच्याउँदै जतिसक्दो पुरानो गठबन्धन व्युँत्याएर सत्तामा पुग्ने दाउँमा छ । पछिल्लो गतिविधिले पनि त्यही संकेत गरिरहेको छ ।

वर्तमान सत्ता गठबन्धनमा आएको चिसोपनाको फाइदा उठाउँदै राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले पेनाल्टी गोल गर्न चाहिरहेको छ । त्यही मौका कुर्न नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सत्ता बाहिर रहँदै विश्वासको मत दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...