वडा कार्यालयले गरेको कविता वाचनमा ३२ कविको वाचन, ईक्सा लिम्बु प्रथम

Kabita wachan dkt

धनकुटा । धनकुटाका पालिकाहरुले सृजनात्मक गतिविधिमा कमै मात्र चासो दिने गुनासो चुलिएको बेला धनकुटा नगरपालिकाको ४ नं.वडा कार्यालयले कविता प्रतियोगिता आयोजना गरेको छ । उक्त वडा कार्यालयले विहिवार आयोजना गरेको कविता प्रतियोगितामा ३२ कविले कविता वाचन गरेका छन् ।

सल्लेरी साहित्य संगमको समन्वयमा आयोजित प्रतियोगितामा नौ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा गोकुण्डेश्वर माविका छात्रा ईक्सा लिम्बु पहिलो भइन् । निजामती आवासीय विद्यालयका छात्र सक्षम बानियाँ दोस्रो, गोकुण्डेश्वर बालमन्दिर माविका छात्रा हिमानी रिजाल तेस्रो, गोकुण्डेश्वर माविका रोजिना राई र लालीगुराँस बोर्डिङ स्कुलका गोपाल फुयँलले सान्त्वना स्थान प्राप्त गरे ।

मार्गेश्वरी आधारभूत विद्यालयका गंगा राई र सुप्रिम राईले प्रोत्साहन पुरस्कार प्राप्त गरे । वडाध्यक्ष जम्सेर राईका अनुसार पहिलो पटक आयोजना गरिएको कविता प्रतियोगितामा नौ वटा विद्यालयका छात्रछात्राले कविता वाचन गरेका थिए ।

एउटा वडाले आयोजना गरेको कार्यक्रम जिल्लाका अन्य पालिकाका लागि समेत उदाहरणी बनेका सल्लेरी साहित्य संगमका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताए । कार्यक्रममा अधिकारी सहित कृष्ण गोविन्द अधिकारी र चन्द्रकला पाण्डे निर्णायक रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेकी धनकुटा नगरपालिकाका उपप्रमुख भिमा खनालले समेत कविता वाचन गरिन् ।

विशेष अतिथि गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल रहेका थिए । बराल सहित अग्रज कविहरु चेतनाथ वाग्ले, मुकुन्द प्रयास, सावित्री अधिकारी, लक्ष्मी भट्टराई, निर्मल कुवँर, सन्तोष सुवेदी लगायतले पनि कविता वाचन गरे ।

 

 

प्रतिकृया दिनुहोस