पुरानो नेकपा ब्यूँत्याए राष्ट्रपति बन्न माधवकुमार नेपाल तयार

Madhab kumar nepal

काठमाडौं । पछिल्लो समयमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालललाई राष्ट्रपति बनाउने चर्चा चलिरहेका बेला पुरानो नेकपा व्युत्याउने कसरत शुरु भएको छ । अध्यक्ष नेपालले पुरानो नेकपा ब्युत्याए आफु राष्ट्रपति बन्न तयार रहेको बताएसँगै पुरानो नेकपा व्युँत्याउने बहस शुरु भएको हो ।

अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पुरानो गठबन्धन ब्युँताएर जान सुझाव दिएका छन् भने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्तामा पनि नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताएका छन् । यसले नयाँ बहस सिर्जना गरिदिएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचन अघि पुरानो गठबन्धन निर्माण गरेरजाननेपालले प्रचण्डलाई सुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा नेपालले पुरानो गठबन्धन ब्युँताउने समझदारी बनेमा राष्ट्रपतिमा आफ्नो पार्टीको पनि स्वाभाविक दाबी रहने कुरा राखेका थिए ।

‘माधव कमरेडले प्रधानमन्त्रीज्यूसँग सात दलीय गठबन्धन भत्काएर निर्वाचन अघिकै गठबन्धनमा फर्किन प्रस्ताव गर्नुभयो’, प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘राष्ट्रपतिमा सकेसम्म समझदारी गरेर जानुपर्छ भन्ने छ ।’ आजको बैठकमा दुई नेताले यसअघि कांग्रेस र नेकपा एमालेसँग भएका छलफलहरुका बारेमा ब्रिफिङ एक अर्कालाई गरेका थिए ।

‘राष्ट्रपतिका विषयमा कांग्रेस र एमालेसँग भएका छलफलका विषयमा पनि दुई नेताबीच छलफल भयो,’ ती सदस्यले भने, ‘कसरी समझदारी गरेर जाने भन्ने विषयमा चाहिँ आज कुनै सहमति भएको छैन ।’

उपप्रधान तथा भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले पनि आजको बैठकमा राष्ट्रपतिका विषयमा कुनै ठोस समझदारी भइनसकेको बताए । ‘हामीले राष्ट्रपतिका विषयमा एकपक्षीय र बहुपक्षीय छलफल जारी राखेका छौँ । सकेसम्म सबै दलको समझदारीमा राष्ट्रिय सहमति कायम गरेर राष्ट्रपतिको चुनाव गर्नुपर्छ भन्ने छ’ श्रेष्ठले भने, ‘अब बेलुका शीर्ष नेताहरुबीच छलफल भएकाले त्यस बैठकबाट ठोस निष्कर्षमा पुग्न सक्छौँ ।’

राष्ट्रपतिको चुनावका विषयमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल सहित एकीकृत समाजवादीका नेता घनश्याम भुसाल समेत सहभागी भएका थिए । प्रचण्ड नेपालसँगको भेटमा माओवादीबाट श्रेष्ठ र एकीकृत समाजवादीबाट घनश्याम भुसाल सहभागी भएका थिए । 

सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेका छन् ।

तर ओलीले राखेको प्रस्ताव सजिलै पास हुने सम्भवना भने छैन । किनभने केही दिनअघिसम्म ओली र नेपालबीच पानी बाराबारकै अवस्था थियो । ओलीले नेपाललार्य छेक्न कैयौ प्रयास गरेका छन् । त्यसैले पनि सकभर पुरानो गठबन्धन ब्युँत्याउन पाए हुन्थ्यो भन्नेमा नेपालको जोड छ । यसैले पनि तत्काल नेकपा ब्युतिने सम्भावना छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...