सफलता श्रेष्ठले ल्याइन् ‘माया देशलाई’ (भिडियोसहित)

Safalta shresth

काठमाडौं । बाल गायिका सफलता श्रेष्ठलाई कमैले चिन्लान् । चर्चिच संगीतकार सन्तोष श्रेष्ठले पहिलो लकडाउनका बेला एकदम सांगीतिक वातावरण दिए । जुन बेला सफलताले ‘म हुँ नेपाली’ बोलको गीत गाइन् ।

जसलाई संगीतकार सन्तोष श्रेष्ठले शब्द लेखे । संगीत गरे र २०७८ सालमा ‘म हुँ नेपाली’ बोलको राष्ट्रिय गीत सार्वजनिक भयो । जसलाई उनै बाल गायीका सफलताको स्वर थियो । यो गीतले सफलतालाई सम्भावना बोकेको बालगायीकाको रुपमा चिनाएको थियो । अहिले फेरि ‘माया देशलाई’ सार्वजनिक भएको छ ।

डा. कृष्णहरि वरालको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको राष्ट्रिय भावको गीत सार्वजनिक गरिएको हो । जुन गीतमा बालबालिकाले देशलाई कसरी प्रेम गर्छन् भन्ने देखाइएको छ ।

स्मृति तिम्लिसिना ‘गुरुआमा’को निर्देशन रहेको गीतको भिडियोमा गायीका सफलता श्रेष्ठसँगै शिक्षा खड्गी, डिभा वस्नेत, आयुशा श्रेष्ठ र क्रियोना बलामीको अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनको छायाँकन र सम्पादन रहेको गीतको भिडियो गोल्डेन क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Video

प्रतिकृया दिनुहोस