कस्तो छ अकालमा जीवन गुमाउनेहरुप्रति समर्पित कसको मरण ? (भिडियोसहित)

Maran kasko song

काठमाडौं । भनिन्छ मान्छेको जीवन हो, कतिबेला के हुन्छ भन्ने कसैलाई थाहै हुँदैन । कसको मरण अघि वा पछि हुन्छ, कसैले भन्न पनि सक्दैन । त्यसैले मानिसहरु बाचुञ्जेल राम्रो गर्नुपर्छ भन्ने गरिन्छ । यस्तै विषय समावेश गरेर नयाँ गीत ‘कसको मरण’ बोलको गीत सार्वजनिक भएको छ ।

अकालमा जीवन गुमाउनेहरुप्रति समर्पित गरिएको कसको मरण बोलको गीतमा अजुदा थापा, सबीना सुनाम, बिनोद बानियाँ र सन्तोष बस्यालको स्वर रहेको छ भने शब्द लेखन विश्वराज रसाइलीको छ । निक्कै मार्मिक सो गीतको संगीतरएरेन्ज सुनिल थापाको छ । त्यसैगरी मनोज बिक ‘भावुक ले ‘कसको मरण’ बोलको गीतको म्युजिक भिडियोको सम्पादन गरेका छन् ।

सत्य घटनामा आधारित सो गीतमा विभिन्न समयमा आउने विपत्ति, विनास, महामारी, दुर्घटनामा भएका मृत्यु आदी विषय समावेश गरिएको छ । साथै मान्छेले बाच्नका लागि गर्ने संघर्षका कथाहरु पनि उल्लेख गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...