नेपाली नागरिकता पाएसँगै रवि लामिछाने बने पुनः पार्टी सभापति

Rabi lamichane mantri

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

यसअघि शनिबार रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डोरप्रसाद अर्यालले लिएका थिए । तर नागरिकता लिएलगत्तै बैठक राखेर रविले पार्टी कमान्ड आफ्नै हातमा ल्याएका हुन् ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अनागरिक ठहर गरेसँगै रविले दलीयदेखि संसदीय भूमिका पनि गुमाएका थिए ।
रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।

प्रतिकृया दिनुहोस