रेशम चौधरीको पार्टी प्रतिपक्षी बेञ्चमा बस्ने

Resham chaudhary

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

नाउपाले रेशम चौधरीको रिहाइलाई प्रमुख विषय बनाएको छ । यस विषयमा आउने प्रतिबद्धताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय हुने नाउपाका नेताहरुले बताउँदै आएका छन् । नाउपाले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न भने बाँकी रछ । विश्वासको मत दिएको खण्डमा नाउपा सत्तापक्ष हुन्छ र प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको खण्डमा प्रतिपक्ष हुन्छ ।

प्रतिकृया दिनुहोस