युट्युवमा रुचाइयो चलचित्र ‘पञ्चायत’, यस्तो पञ्चायत (भिडियोसहित)

Panchayat 17

काठमाडौं । २०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पञ्चायत’ युट्युबमा सार्वजनिक गरेसगै दर्शकले मन पराएका छन् । चलचित्र यति बेला युट्युब ट्रेन्डिङको चौथो स्थानमा रहेको छ ।

युट्युबको ट्रेन्डिङ चौथो स्थानमा रहेको चलचित्र ‘पञ्चायत’ ७ लाख १२ हजार भन्दा बढी पटक हेरिएको । चलचित्र हेर्ने धेरै जसोले चलचित्रको बारेमा उत्कृष्ट कमेन्ट गरेका छन् ।

चलचित्र ‘पञ्चायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाल छनौट समेत भएको थियो । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा चलचित्र ‘पंचायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो । चलचित्रले विकास बोर्ड बिशेष चलचित्रको पुरस्कृतवापत २ लाख रुपैयाँसमेत पाएको थियो ।

ञ्चायतमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ ,रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेल लगायतको अभिनय छ । यसमा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् भने गणेश गिरीको प्रस्तुति रहेको छ । पंचायतको निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । चलचित्र पंचायतलाई शिवम अधिकारीले लेखन तथा निर्देशक गरेका हुन् ।चलचित्रमा टंक बुढाथोकि संगीत ,रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्ल सम्पादन रहेको छ ।

चलचित्रले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । चलचित्रले छुवाछुतविरुद्ध पनि ससक्त उठान गरेको छ । त्यो बेलाको व्यवस्था भए पनि अहिलेको अवस्थाको चित्रणसमेत रहेकाले गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...