थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगरले गृहसँग महानगरले माग्यो गुहार

Sukumbasi ktm

काठमाडौं । आफुले काठमाडौं थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन नसकेपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय गुहारेको छ ।

महानगरपालिकाले थापाथलीको सुकुम्बासी हटाउन गृह मन्त्रालयलाई पत्र लेख्दै सहयोगको याचना पनि गरेको छ । महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको छ ।

गृहमन्त्रीमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आएसँगै महानगरले मन्त्रालयलाई समन्वयकोलागि भन्दै पत्र पठाएको छ । महानगरले यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मी नपाएको बताउँदै आएको छ । तर थापाथलीमा बस्दै आएका सुकुम्बारी उचित व्यवस्थापन विना आफुहरुलाई हटाउन नपाइने बताउँदै आएका छन् ।

‘वाग्मती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन,’ पत्रमा उल्लेख रहेको छ, ‘थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल शुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ ।’

काठमाडौं महानगरले अघिल्लो महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लगेर गएको थियो। तर स्थानिय विरोधमा उत्रिएपछि हटाउन सकेको थिएन । महानगरले थापाथलिस्थित वाग्मती नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...