अदूरदर्शी कांग्रेस शीर्ष नेताको घमण्ड : भुईँको टिप्न खोज्दा भुँईमै पुग्यो कांग्रेस

नयाँ सरकार गठनसँगै कांग्रेसभित्रको विवाद थप पेचिलो बन्न सक्ने

Congress sirsh leader

काठमाडौं । हालको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भनेको नेपाली कांग्रेस हो । तर, कांग्रेसका नेताहरुको घमण्डका कारण अब लामो समयसम्म प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री पदसमेत आफैँले राखेर सर्वशक्तिमान बन्ने ध्याउन्नमा रहेको नेपाली कांग्रेस सर्वस्व गुमाउन पुगेको छ । अब भुईँमा रहेको प्रधानमन्त्री पद उठाउन खोज्दा पोल्टामा रहेको राष्ट्रपति पदसमेत गुमाएको कांग्रेसले अब सत्ताका कुनै पनि पद नपाउने निश्चित भएको छ ।

अब कांग्रेस साढे एक वर्ष अगाडिको एमालेको हालतमा पुगेको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षीको भूमिकामा रहनुपर्ने बाध्यतामा कांग्रेस पुगेको हो ।

पाँच दलीय गठबन्धन गरेर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको कांग्रेस अब गठबन्धन जोगाउन र सरकार निर्माण गर्न नसकेको आरोपमा पार्टीभित्रै विवाद र आलोचनाको शिकार हुने देखिन्छ ।

दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दल समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस केन्द्रमा मात्र होइन प्रदेशमा समेत प्रतिपक्षमा पुग्नेछ ।

आइतबार बिहानसम्म पनि सत्ता गठबन्धन जोगाउन प्रयासरत कांग्रेसले पहिला माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भएन । पार्टीभित्रको दबाब भनेर प्रचण्डलाई नै दबाबमा पार्न खोजिरहेको कांग्रेस अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा उपसभामुख लगायतका पदबाट बञ्चित हुने निश्चित भएको छ ।

यतिमात्र होइन केन्द्रको समीकरण बदलिएसँगै कांग्रेसले प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखलगायतका पद पनि गुमाउने छ भने कम्तीमा ६ वटा प्रदेशमा प्रतिपक्षी बन्ने निश्चित छ । यी सबै पदहरु अब एमाले नेतृत्वको गठबन्धनका दलहरुबीच भागवण्डा हुनेछन् ।

प्रचण्डले एमालेको साथ लिएर सरकारको नेतृत्व गर्ने तय भइरहँदा कांग्रेस नेता र देउवाका निकटसमेत मानिएका रामचन्द्र पौडेलले देउवाबाट प्रचण्डलाई धोका भएको भन्न भ्याइसक्नु भएको छ । प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनसँगै कांग्रेसभित्रको विवाद थप पेचिलो बन्न सक्ने देखिन्छ ।

र यो पनि...

सातै प्रदेशमा 'एमाले गठबन्धन'कै सरकार बन्ने, कांग्रेसले गुमायो राजकीय ३५ पद 

देउवा दम्पत्तिको ‘हठ’ ले कांग्रेसलाई आपत, राजीनामा दिन देउवालाई चर्काे दबाब

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...