चलचित्र विकास बोर्ड भन्छ, हलमा फुटबल देखाउन पाइन्नँ

Film hall

काठमाडौं । चलचित्र विकास बोर्डले काठमाडौं लगायतका देशका विभिन्न चलचित्र हलहरुमा विश्वकप फुटबलका खेल प्रदर्शन गर्न रोक लगाएको छ ।

चलचित्र हललाई चलचित्रमात्र प्रदर्शन गर्ने अधिकार रहेको भन्दै बोर्डले विश्कप फुटबलको खेल प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि कतिपय फिल्म हलमा विश्वकप फुटबलका खेलहरु प्रदर्शन गर्न लागिएको भन्ने खबर सार्वजनिक भएको थियो ।

बोर्डले नियमको पालना नगरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिँदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई समेत दिएको छ ।

शुक्रबार बोर्डका अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...