अग्रजको सम्मानमा सीमाको ‘अजम्बरी उपहार’ (भिडियोसहित)

Ajambari song

काठमाडौं । नेपाली संगीतका स्वर्णिम युगका संगीतकर्मी र गायकगायिकाको योगदानलाई सम्मान गर्दै ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक तथा संगीतकार सजल न्यौपानेको स्वर रहेको छ भने शब्द गीतकार आचार्य प्रभाको रहेको छ । सीमा पोख्रेलको संगीत रहेको उक्त गीतमा सेमीक्लासिकल शैली र करुण रसको प्रयोग सुन्न सकिन्छ ।

अग्रज कलाकारको महत्व र योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई अग्रजको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...