सिक्किमे कलाकारलाई काठमाडौंमा मिलापको सम्मान

Jiwan sharma sikkim kalakar

काठमाडौं । सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन् । उनलाई शुक्रबार एक विशेष सामारोहबीच मिलाप विशिष्ट सम्मानले बिभूषित गरिएको हो ।

मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय, गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बिशिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, बरिष्ठ कलाकार उत्तम केसीलगायतले स्रष्टा शर्मालाई खादा, दोसल्ला, माला र सम्मान पत्रले बिभूषित गरेका थिए ।

निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सहजीकरण गरेको कार्यक्रममा स्रष्टा शर्माले आफू नेपाली भाषा साहित्य कला संस्कृतिको एक साधक रहेको बताउँदै नेपालमा आफूले पाएको यो सम्मानका लागि विशेष आभारी रहेको बताए । उनले साहित्य कुनै सीमा भित्र नबाधिने र यसको क्षेत्र व्यापक र विस्तार भएको बताए । यस सम्मानले आफूमा अझ जिम्मेबारी थपिएको बताउँदै आउँदा दिनमा पनि यस क्षेत्रमा आफू अविरल लागिरहने शर्माले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि डा. उपाध्यायले नेपाल बाहिर पनि नेपाली भाषीले भाषा साहित्य कला संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने जुन कार्य गरिरहनुभएको छ त्यो अत्यन्त स्तुत्य रहेको बताए । उनले आफूले पनि विविध क्षेत्रमा कलम चलाएको सुनाउँदै फरक ढंगका काम गर्दै जादा १३२ विश्व कीर्तिमान कायम गर्न सफल भएको सुनाए । आफू केही वर्ष अघि सिक्किममा गएर पुस्तक तथा एल्वम विमोचन गरेको स्मरण गर्दै सिक्किमले यस क्षेत्रमा निक्कै प्रशंसनिय कार्य गरेको चर्चा गरे ।

साहित्यकार लेकालीले नेपाल बाहिर सिक्किममा साहित्यको उर्बर भूमि रहेको बताउँदै पछिल्लो समय सिक्किमले नयाँ नयाँ प्रतिभा जन्माएको जिकिर गरे । पहिला दार्जिलिङमा भाषा साहित्यका धेरै कार्यक्रम गतिविधि हुने गरेकोमा अहिले आएर सिक्किममा यस्तो धेरै हुने गरेको भनाइ राखे । उनले स्रष्टा शर्माको साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश पार्दै नेपालमा उहाँलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए ।

गीतकार देवकोटाले गीत संगीतमा शर्माको योगदानको प्रशंसा गर्दै आउँदा दिनमा उनका अझ धेरै सिर्जनाले नेपाली गीत संगीतको क्षेत्र सिंचित हुनेमा आफू आशावादी रहेको बताए । त्यस्तै साहित्यकार दाहालले मिलापका कार्यको प्रशंसा गर्दै स्रष्टा शर्माले नेपाली गीत संगीत क्षेत्रका पु¥याएको योगदानको चर्चा गरे । उनले नेपाल बाहिर रहेका नेपाली भाषी भाषा साहित्य कला संस्कृतिका व्यक्तित्वहरूले मिलापले जोडने काम गरेको बताए ।

सम्पादक भुसालले सिक्किमा रहेर विगत तीन दशकदेखि निरन्तर गीत संगीतको क्षेत्रमा लागेका स्रष्टा शर्मालाई नेपालमा सम्मान गर्न पाउँदा आफूहरू पुलकित भएको बताए । शर्माले यस क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दैै आउँदा दिनमा उनका अझ धेरै सशक्त सिर्जना स्रोता÷दर्शक र पाठकमाझ आउन भन्दै बधाई तथा शुभकामना दिए ।

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डशेनकी अध्यक्ष गीता अधिकारी र अन्य अतिथिहरूले स्रष्टा शर्मालाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा निर्देशक तथा गीतकार गणेश सुवेदी, कलाकार निर्देशक शेखर खनाल, प्रेम शर्मा पौडेल, साहित्यकार शैलेन्द्र चापागाईं, मिलन शाह शंकर, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, सूर्य चन्द, निमेश गौतम, कमला जोशी, किरण अधिकारी, राजन थापा, भोला अधिकारी, शम्भु ढुंगाना, रिना श्रेष्ठ, मदन ढुंगाना, कुमार आचार्य, अर्जुन गुरागाईं, गोमा गौतम, दिपाशा कार्की, अलिन पोख्रेल, राज गजमेर लगायतका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस