‘मैले सिकेका ज्ञानहरुलाई रोल्पा मात्रै होइन, देशैभरी बाँड्न सक्छु’

एक राजनीतिज्ञका लागि भुगोलको सीमा हुँदैन, जनताको सेवा जहाँ गएर पनि गर्न सकिन्छ

Onsari gharti

माओवादीले १० वर्षसम्म जनयुद्ध चलाएको केन्द्र हो रोल्पा । त्यही रोल्पाली हुन् ओनसरी घर्ती । उनी तत्कालीन जनयुद्धकी एउटी नायीका मात्रै होइनन्, नेपालको पहिलो महिला सभामुख पनि हुन् । जसले संसदलाई सफलतापूर्वक ह्याडिलिङ गरिन् । रोल्पा जिल्लाको जंकोट –१ माडीचौरमा निम्न मध्यमवर्गीय मगर परिवारमा २०३४ कार्तिक २८ मा जन्मिएकी घर्ती सानैदेखि खेलकुद र नृत्यमा अभिरुची राख्ने गर्थिन् । औपचारिक रूपमा माध्यमिक तहसम्मको अध्ययन पूरा गरेपछि भने उनी राजनीतिमा सक्रिय भइन् । २०४६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी घर्ती २०४८ सालमा विद्यार्थी संगठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य हुँदै तत्कालिन नेकपा (एकता केन्द्र) को पार्टी सदस्यता प्राप्त गरिन् । माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र संघर्षमा रोल्पाबाट आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुन् । ०७० को संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित घर्ती ०६४ र ०७० मा समानुपातिक सांसद बनेकी थिएन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश–५ की अध्यक्ष पनि हुन् । हाल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य पनि हुुन् । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी घर्तीका योजनाहरु केके छन् ? यसै सेरोफेरोमा केन्द्रित रहेका गरिएको कुराकानी :

तपाई नेपालको पहिलो महिना सभामुख पनि । तपाईको कार्यकालमा गर्नुभएका राम्रा कामहरु केके हुन् ?
मैले मेरो कार्यकालमा एक सय भन्दा बढी कानुनहरु निर्माण भयो । म सभामुख भएका बेला मेरो विशेष पहलमा महिला हकहित तथा संघ÷प्रदेश र स्थानीयको आवश्यकताका आधारमा कानुन परिमार्जन गरियो । वर्षाेदेखि जरा गाडेर बसेको मुलुकी ऐनलाई परिमार्जन गर्न सकियो । मौलिक हकसम्बन्धी विभिन्न कानुन निर्माण भयो । उत्तम कुरा त महिला हकहितका लागि कानुन निर्माण गर्न सफल भएँ । महिलाको ४० प्रतिशत सहभागिता, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखमा एक महिला नै हुनुपर्ने भन्ने मेरै बेलामा भएको हो । त्यस्तै पैतृक सम्पत्तिमा जम्नसिद्ध छोरा सरह छोरीको पनि समान हक हुनुपर्ने व्यवस्था ल्याइयो । यो एउटा ठूलो उपलब्धि पनि हो ।

तपाईका चुनावी एजेण्डाहरु चाँही केके छन् त ?
हरेक तह र तप्काका जनसमुदायको भावनालाई सम्बोधन हुने गरी कानुन निर्माण गर्ने र विकास निर्माणका सवालमा जनताको पहुँच सरकारसम्म पु¥याउने छु । . स्थानीय तवरमा शंखरापुर नगरपालिकालाई पर्यटकीय नगरी बनाउने छु । कागेश्वर मनोहरालाई स्पोर्ट सिटी बनाउने र काठमाडौं महानगरपालिकभित्र पर्ने वडा नं. ९ र ३२ को शहरलाई कोर सिटी अर्थात् सफा, सुन्दर र गुणस्तरीय विकास गराउने छु । यस क्षेत्रमा रहेका करिडोरको समस्यादेखि जग्गा एकीकरणको समस्या, मुआब्जाका समस्या लगायतका विभिन्न समस्याहरु समाधानका लागि पहल गर्नेछु । जनताको गाँस बास र कपासको व्यवस्था तथा जनताको दैनिक जीवनमा आईपर्ने खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सुधारका लागि विशेष पहल गर्नेछु ।

तपाईको निर्वाचन क्षेत्रमा थुप्रै समस्याहरु छन् । तपाईले जित्नु भएपछि ती समस्या समाधान गर्नुहन्छ त ?
यहाँ मुख्यतः बाटोको समस्या छ । त्यस्तै यहाँ खानेपानीको बिकराल समस्या छ । जहाँ मेलम्चीको पानीको पहुँच नपुगेको स्थान पनि छ । सुन्दरी जलको पहुँच नभएको स्थान पनि छ । अव्यवस्थित करिडेर, अव्यवस्थित ढल निकास तथा जग्गा एकीकरणको कुरा समयमै कार्यान्वयन नहुँदा जनतामा समस्यामा छन् । त्यस्तै सफा सुन्दर र गुणस्तरीय विकास हुनुपर्ने जनताको माग छ । नजिकै रहेको शिवपुरी वन्यजन्तु आरक्षणबाट जंगली जनावरहरु आएर मानिसलाई क्षति पु¥याउने समेत गरेका छन् । त्यसको व्यवस्थापन समेत गर्नुछ ।

तपाई रोल्पाको मान्छे, किन काठमाडौंबाट चुनाव लड्दै हुनुहुन्छ ?
मेरो उम्मेदवारी महिलाहरुको प्रतिनिधित्व र प्रोत्साहन स्वरुप हो । त्यस्तै मेरो पार्टी र गठबन्धनले यस क्षेत्रमा नै महिला उम्मेदवार हुनुपर्छ भनेर निर्णय ग¥यो । त्यस्तै एक राजनीतिज्ञका लागि भुगोलको सीमा हुँदैन । जनताको सेवा जहाँ गएर पनि गर्न सकिन्छ । म पनि जनताको सेवा गर्न तम्तयार भएकी हुँ । मलाई अवसर दिनुस् । म गरेर देखाउने छु । अर्काे कुरा काठमाडौं भनेको विज्ञ र वृद्धिजिवीहरुको बसोबास रहेको स्थान पनि हो, यहाँ उनीहरुसँगै बसेर काम गर्दा सिकेका ज्ञानहरुलाई मैले रोल्पा मात्रै होइन, देशैभरी बाँड्न सक्छु ।

यो निर्वाचनमा माओवादीलाई नै मत किन दिने ?
यस पटक जनताले माओवादीलाई मात्रै होइन, सिंगो गठबन्धनलाई मत दिनुपर्छ । हामी प्रतिगमनको विरुद्धमा र परिवर्तनको पक्षमा उभिएका छौं । संविधानको रक्षा र स्थिर सरकार बनाउँदै जनताको समृद्धिको लक्ष्य राखेका छौं । परिवर्तन खोजिरहनु भएका जनताले गठबन्धनलाई भोट दिनुहुन्छ । त्यस्तै यो पटक महिलालाई भोट दिनुहोस् भन्न चाहन्छु । महिला कमजोर छैनन् । काम गर्न सक्छन् भन्ने म प्रमाणित गरिदिनेछु ।

तपाई चुनावी अभियानमा जनताको घरदैलोमा हुनुहुन्छ । मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
जनसमुदायहरुले मलाई निकै स्वागत गर्नुभएको छ । उहाँहरुले आफ्नै छोरी, चेली, दिदीबहिनीको रुपमा लिनुभएको छ । समुदायहरुसँग हाम्रो छलफल हुन्छ । त्यसबेला उहाँहरुको तर्फबाट पनि केही प्रश्नहरु आउँछन्, म त्यसको जवाफ दिन्छु र उहाँहरु मबाट निक्कै आशावादी पनि हुनुहुन्छ र मलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ । २ नम्बर क्षेत्रका वासिन्दाहरुमा एक प्रकारको उत्साह छ ।

चुनाव जित्नेमा कत्तिको विश्वास छ ?
चुनाव जित्नेमा म ढुक्क छु । उसै पनि गठबन्धनको मतले हामी धेरै माथि छांै । त्यस्तै चुनावी प्रचार प्रसारमा जनताको प्रतिक्रियाले पनि हामी निकै अगाडि छौं । त्यसैलेम ढुक्कसँग चुनाव जित्छु ।

प्रस्तुती : पुष्पा महरा

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...