३ घण्टापछि खुल्यो माओवादीले हरिवनमा बन्द गरेको राजमार्ग

Hariwon sarlahi

सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खोलेका छन् ।

माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका थिए । आफूहरुको माग अनुसार घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्रेकाले राजमार्गको अवरोध हटाएको नेकपा माओवादीका कार्यकर्ताले जनाएका छन् ।

सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।

पौडेललाई ईलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए । तर माओवादीले सडक बन्द गरेपछि पौडेललाई प्रहरीले फेरि पक्रेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...