मेलिना र दिपकको आयो ‘चरी भररर’ (भिडियोसहित)

Chari vararara

काठमाडौँ । गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।

‘चरी भररर’ बोलको डान्सिङ नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो । नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा फिचर्ड भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् ।

सार्वजनिक गीतमा दिलु श्रेष्ठको शब्द रचना र सन्तोष प्रगाढको संगीत रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् ।

भिडियोमा प्रविन थापाको कोरियोग्राफी र आर।डि। दुलालको ड्रोन समाबेश छ । तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोले दर्शक श्रोताको मन जित्नेमा निर्माण टिम बिस्वस्त छ । भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस