पहाडी भेगमा आंशिक बदली, देशका बाँकी स्थानमा मौसम सफा

Mausam news

काठमाडौं । हाल देशको पहाडी भेगमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार यतिबेला (बुधबार बिहान) पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।

आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

दिनप्रतिदिन तापक्रम घट्ने र चिसाे बढ्ने क्रम चलिरहेको माैसमिवद्ले बताएका छन् । आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १२.४ डिग्री सेल्सियस रहेको माैसमविद् शाक्यले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...