प्रधानमन्त्री देउवाले बर्खास्त गरे जसपाका चार मन्त्री, कानुन मन्त्रालय कार्कीको भागमा

Rajendra istiyak. pradeep and mrigendra

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारैजना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् । उनीहरुले राजीनामा नदिएपछि आज बर्खास्त गरेका हुन् । जसपाबाट उनीहरु गत असार २० गते मन्त्री भएका थिए । जसपाले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर उनीहरुलाई त्यसबेला सरकारमा पठाएको थियो ।

त्यसैगरी २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका छन् । प्रधानमन्त्री देउवाले उनी बिदा भएपछि कानुन मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...