आयोगले प्रचण्डलाई भन्यो, पञ्चेबाजा किन बजाएको ? सात दिनभित्र जवाफ दिनु

Prachanda gorkha nomination

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

उनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृष्यको आधारमा दाहालसँग स्पष्टीकरण सोधेको हो ।

आचारसंहिता उल्लंघन भएमा उम्मेद्वारी रद्दको निर्णयसम्म हुनसक्छ । तर पहिलोपटक स्पष्टीकरण सोधिएकाले उनलाई सचेत वा ध्यानाकर्षण मात्र गराएको हो । आयोगले यसपालिको निर्वाचनमा उम्मेदवारलाई सोधको यो नै पहिलो स्पष्टीकरण हो । आयोग स्रोतले माओवादी अध्यक्ष प्रचण्डलाई स्पष्टीकरण सोधेको पुष्टि गरेको छ ।

‘मनोनयन दर्ताका क्रममा बाजागाजा प्रयोग गरेको श्रव्यदृष्य सामग्री सार्वजनिक भएको समबन्धमा आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो । प्रचण्डलाई स्पष्टीकरण पत्र प्राप्त भएको सात दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...